
लमजुङ, पुस ३ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले राम्रो भएर पनि बन्द भएका र रुग्ण उद्योगहरु सरकारले छिट्टै सन्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।
पाँचौ लमजुङ महोत्सवको आइतबार समापन गर्दै मन्त्री जोशीले बन्द भएका प्रतिष्ठित कम्पनीलाई निजीस्तरमा सन्चालन गर्न दिइने बताए ।
उनले हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, नेपाल औषधि लिमिटेड, बुटवल धागो कारखाना सन्चालनका लागि टेन्डर आह्वान गरी निजी क्षेत्रलाई सन्चालन गर्न दिने तयारी भइरहेको बताए ।
गत मंसिर २४ देखि पुस ३ गतेसम्म सन्चालन भएको महोत्सव डेढ लाख दर्शकले अवलोकन गरेको र १० करोड रुपैयाँ बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्