निम्बसले ल्यायो तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ « Image Khabar


निम्बसले ल्यायो तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’


Imagekhabar
३ पुष २०७३, आईतवार १९:४५

काठमाडौं, पुस २ । कृषि उद्योगको प्रवर्तक निम्बसले तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ सार्वजनिक गरेको छ ।

व्यञ्जन ब्रान्डअन्तर्गत् सूर्यमूखी र तोरीको तेल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा १ र २ लिटरको बोटल र १–१ लिटको पाउचमा तेल उपलब्ध रहेको जनाएको छ ।

१ लिटर सूर्यमूखी तेलको मूल्य १ सय ९० रुपैयाँ र १ लिटर तोरीको तेलको मूल्य २ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपालमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न प्रिमियमस्तरको व्यञ्जन तेल बजारमा ल्याएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्