
मीरा बस्नेत र उत्तम मानन्धर (इमेज)
काठमाडौं, चैत ६ । काठमाडौंमा होली पर्व मनाइरहँदा नेपालीसँगै विदेशी पर्यटकहरु पनि होलीको रङमा रंगिएका छन् ।
काठमाडौंको ठमेलमा नेपालीसँगै होलीको रङमा रमाएका विदेशी पर्यटक । जसलाई होलीबारे खासै जानकारी छैन । तरपनि उनीहरु रमाए, नेपालीहरुसँगै ।
यो पर्वको आकर्षणले उनीहरुलाई पनि तानेको प्रस्ट देख्न सकिन्छ । नेपाल भ्रमणमा आएका उनीहरुले ठमेल, न्यूरोड, वसन्तपुरलगायतका स्थानमा नेपालीसँगै आपसमा रङ दलेर खुसी साटासाट गरेका छन् ।
पर्यटकहरुले हर्षोल्लासपूर्वक नेपालको सांस्कृतिक पर्व होलीको मजा लिएका हुन् ।
पर्यटकहरु होलीका अवसरमा प्रस्तुत् गरिएका नेपाली मौलिक सांगीतिक प्रस्तुतिमासमेत झुमेका थिए ।
नेपालमा पहिलोपटक होली मनाउने विदेशीहरु पनि निकै खुसी देखिन्थे । होलीकै कारण आफ्नो नेपाल भ्रमण विशेष बनेको केहीको भनाइ थियो ।
एकार्कामा रङ लगाएर खुसी साटासाट गर्दा निकै रमाइलो लागेको उनीहरुले बताएका छन् ।
पर्यटकसँग होली खेल्दा नेपालीहरु पनि निकै रमाइरहेका देखिन्थे । उनीहरुले पर्यटकहरुलाई हार्दिकतापूर्वक होलीको माहोलमा सहभागी गराएका थिए ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि होलीमा विदेशी पर्यटकहरुको सहभागिता काठमाडौंमा पनि उल्लेख्य रह्यो ।
प्रतिक्रिया दिनुहोस्