२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


होलीका बेला अनियन्त्रितरुपमा मोटरसाइकल चलाउँदा काठमाडौंमा एकजनाको मृत्यु


0
Shares

काठमाडौं, चैत ६ । फागु पूर्णिमाकाक्रममा जथाभावी मोटरसाइकल चलाउँदा काठमाडौंमा एकजनाको ज्यान गएको छ ।

बुधबार कीर्तिपुरका ३० वर्षीय मोटरसाइकलचालक सुनिल शाहीको डल्लुमा दुर्घटना भइ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

शाहीले बाटोमा हिँडिरहेका तीनजना महिलालाई ठक्करसमेत दिएको प्रहरीले जनाएको छ । हाल उनीहरुको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भने फेला नपरेको र खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

५५० बढी नियन्त्रणमा

यसैबीच, होली खेल्नेक्रममा जथाभावी सवारी–साधन चलाउने ५५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

जसमध्ये मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने २६ जना, कागजपत्र साथमा नभएको सवारी–साधन ३०८, लापरबाहीका साथ सवारी–साधन चलाउने ६४ र मोटरसाइकलमा तीनजना बसेर अनियन्त्रतरुपमा चलाउने ७१ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।