
बैंकले उक्त परियोजना कार्यान्वयनका लागि साढें ५ करोड अमेरिकी डलर बराबर ऋण सहयोग गर्न समझदारी भएको हो ।
सोमबार अर्थमन्त्रालयमा सम्पन्न यस सम्बन्धी समझदारीमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय विभागका प्रमुख सहसचिव बैकुण्ठ अर्याल र विश्व बैंकका नेपाल निर्देशक तकुया कमाताले हस्ताक्षर गरेका हुन् ।
परियोजना अन्तर्गत् ७ सय किलोमिटर कच्ची सडक स्तरोन्नती, २ हजार ५ सय ५० किलोमिटर महत्पूर्ण सडक मर्मत सम्भार र ३३ वटा पुल निर्माण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्