Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै ठगी गर्ने समूह पक्राउ


0
Shares

पर्सा, जेठ २९ । सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२५ देखि ३० लाख रुपैंयासम्मको चिट्ठा परेको भन्दै सर्वसाधारणलाई विभिन्न सामाजिक संजालमार्फत म्यासेज पठाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेकोे पर्सा प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए ।

उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित नेशनल मेडिकल कलेज नजिकै रहेको एक मनी ट्रान्फरबाट निस्कदैं गर्दा प्रहरीले पक्राउ गरेको हो

प्रहरीले उनीहरुको साथबाट ठगी कार्यमा प्रयोग गर्ने मोबाइल, मनी ट्रान्सफरको भौचर, विभिन्न बैंकको एटीएम कार्ड र नगद १ लाख पाँच हजार रुपैंया बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगपालिकाका अक्षय कुमार चौरसिया, युवराज पासवान, वीरनारायण चौरसिया, र राहुल कुमार राउत रहेका छन् । 

 

Skip This