३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


इंग्ल्यान्डको अप्रत्याशित हार, जडेजाले झारे ७ विकेट


0
Shares

चेन्नईमा मंगलबार भएको अन्तिम दिनको खेलमा १०४ रन जोड्न सबै १० विकेट गुमाउँदै इंग्ल्यान्डले बराबरीनजिक पुगेको खेलमा अप्रत्याशित हार व्यहोरेको हो ।

१०३ जोड्दासम्म विकेट नगुमाएको इंग्ल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा २०७ रनमात्र बनाएको हो ।

खेलमा अप्रत्याशित तरिकाले फर्कनेक्रममा भारतका रविन्द्र जडेजाले ४८ रन खर्चेर ७ विकेट झारे ।

यसअघि, पहिलो इनिङमा इंग्ल्यान्डले ४७७ रन बनाएको थियो । जवाफमा भारतले ७ विकेटको क्षतिमा ७५९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो ।

भारतले टेस्ट करियरमा एकै इनिङमा सर्वाधिक रन जोड्नेक्रममा करुण नयरले अविजित रहँदै ३०३ बनाएर कीर्तिमान रचे । त्यस्तै, लोकेश राहुलले १९९ रन जोडे ।

यो जितसँगै भारतले पाँच खेलको शृंखला ४–० ले जितेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।

भारतीय कप्तान विराट कोहली ‘म्यान अफ द सिरिज’ भए ।