
मंगलबार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भावना र वातावरणकाबारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरे ।
उनले राजनीतिक एवं नीतिगतरुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको र लगानीको वातावरण राज्यले बनाउँदै लगेको बताए ।
कानुनीरुपमा लगानीकर्ताको लगानी सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तयार रहेको उनको भनाइ थियो ।
कतिपय ऐन संसदबाट पारित भएको र कतिपय आउनेक्रमममा रहेको जानकारी दिँदै मन्त्री जोशीले उद्योग दर्ता प्रक्रियालाई सरलीकरण एवं छरितो बनाइएको बताए ।
उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्ला समयमा लगानीको वातावरणका लागि राज्यले गरेका नीतिगत व्यवस्थाकाबारेमा जानकारी गराएका थिए ।
छलफलमा सहभागी राजदूत एवं नेपालस्थित कुटनीटिक नियोगका प्रतिनिधिले नेपालमा लगानी भित्र्याउन भाषणभन्दा पनि व्यवहारमा उत्रनुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले लामो समयसम्म लगानी बोर्डको बैठक बस्न नसकेको विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले नीतिगत एवं राजनीतिक स्थिरता, श्रम ऐनलगायतका सम्बन्धित ऐन ल्याउन सुझाव दिएका छन् ।
सरकारले आगामी फागुनको १९ र २० गते लगानी सम्मेलनको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्