३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुदः महिला फुटबलको सेमिफाइनल समीकरण पूरा


0
Shares

सुनसरीको दुहबी मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रहरी र मध्यमाञ्चल तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लव भिड्नेछन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछन् ।

बुधबार भएका समुहका खेलहरुसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बुधबार समूह ‘ए’ को खेलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले १÷१ गोलको बराबरी खेले । बराबरीसँगै प्रहरी समूह विजेता तथा सशस्त्र उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

त्यस्तै समूह ‘बी’ को खेलमा आर्मी र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । योसँगै आर्मी समूह विजेता तथा मध्यमाञ्चल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

समुह चरणका अन्तिम खेल आज (बिहीबार) हुनेछन् । आज पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले सान्त्वना जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।