
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएर नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो ।
सोही क्रममा काभ्रेमा चन्द समूहले गतिविधि गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली हिजो साँझ काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडामा पुगेको थियो ।
प्रहरी टोलीमाथि चन्द समूहका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी काठमाडौंबाट पनि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुमबहादुर विक, विशाल तामाङ, शिव धिमाल र विकेन्द्र राई छन् ।
उनीहरु ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्