जनरल फाइनान्स फर्कियो समस्याग्रस्तबाट, पुनः कारोबार सुरु « Image Khabar


जनरल फाइनान्स फर्कियो समस्याग्रस्तबाट, पुनः कारोबार सुरु


Imagekhabar
७ पुष २०७३, बिहीबार २०:०९

फाइनान्सको पुनः कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समस्याग्रस्त घोषित वित्तीय संस्था पुनः कारोबारमा फर्कनेक्रममा रहेको बताए ।

यसले नेपालको वित्तीय क्षेत्र राम्रो हुँदै गएको सन्देश जाने उनको भनाइ थियो ।

पाँच वर्षदेखि समस्याग्रस्त भइ थन्किएका ११ ओटा वित्तीय संस्था क्रमशः पुनः सन्चालन गर्ने चरणमा रहेको उनले बताए ।

समस्याग्रस्त संस्था खरिद गर्न धेरै लगानीकर्ता आइरहेको भन्दै गभर्नर नेपालले ८ ओटा संस्था पुनः सन्चालन गर्न सहमति दिइसकेको जानकारी पनि गराए ।

उनले सर्वसाधारणको पैसालाई आफ्नै पैसा ठानी जथाभावी लगानी नगर्न वित्तीय क्षेत्रका सन्चालकलाई आग्रह गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह, वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलगायतले व्यावसायिक भएर संस्था सन्चालन गर्न आग्रह गरे ।

जनरल फाइनान्सका अध्यक्ष पदम न्यौपानेले सर्वसाधारणको लगानी सुरक्षामा संस्थाले ध्यान दिने बताए ।

फाइनान्समा गैरआवासीय नेपालीको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्