३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ताहाचललाई हराउँदै शंखमूल फुटसल फाइनलमा


0
Shares

शुक्रबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा ताहाचल फुटसललाई पराजित गर्दै शंखमूल फुटसलले सामाखुसीविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।

ताहाचल फुटसलको ‘फिल्ड’मा भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले शंखमूललाई ७–२ ले हरायो । तर, आफ्नै फिल्डमा भएको पहिलो लेगको खेलमा ९–१ ले विजयी भएको शंखमूल ‘एग्रिगेट’मा भने ११–८ ले विजयी भयो ।

दोस्रो लेगको खेलमा निकै आक्रामक प्रदर्शन गरेको ताहाचलका लागि सुनिल बस्नेतले ३ गोल गरे ।

यसैगरी, सुजित बुढाथोकीले २ गोल गरे भने अनिल तामाङ र गोलरक्षक विशाल गुरुङले एक–एक गोल गरे ।

शंखमूलका शेरबहादुर थापामगर र बिप्लवध्वज शाहले एक–एक गोल फर्काए ।

शंखमूलविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ताहाचलका गोलरक्षक विशाल गुरुङ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।