२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


होलीमा रङ खेल्दा होस पुर्‍याउनोस् !


0
Shares

प्रतीक्षा खनाल र दिलीप पोखरेल (इमेज)

काठमाडौं, चैत ५ । होली अथवा फागूपूर्णिमा रङहरुको चाडकारुपमा चिनिन्छ ।

थरीथरीका रङहरु एकापसमा दलेर बालबालिकादेखि वृद्धवृद्धासम्मले यो पर्व उल्लासका साथ मनाउने गर्दछन् ।

तर, होली खेल्दा प्रयोग गरिने रङले विभिन्न रोग निम्त्याउने खतरा हुने चिकित्सकहरु बताउँछन् ।

वसन्त ऋतुको सुरुआतमा सामूहिकरुपमा भेला भएर मैत्रीभावका साथ एकार्कालाई रङ दलेर मनाइने फागू वा होली पर्व रङहरूको चाड हो ।

आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने यो पर्व देशभर उल्लासमय ढंगले मनाइन्छ ।

होली खेल्दा सप्तरंगी रङहरु प्रयोग गर्ने गरिन्छ । होलीमा एकार्कालाई रङ दल्ने र पानीमा रङ घोलेर एकार्कामाथि फाल्ने चलन पनि छ ।

तर, यसरी रङ खेल्दा भने सावधानी अपनाउनु जरुरी हुने चिकित्सकहरुको सुझाव छ ।

रङले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, पछिल्लो समयमा रङहरुमा हानिकारक रसायनको प्रयोग बढेकाले त्यस्ता रसायनले स्वास्थ्यमा असर पुर्‍याउने वरिष्ठ छालारोग विशेषज्ञ अनिलकुमार झाले बताए ।

खस्रो र टल्कने रङहरुले छालालाई नोक्सान गर्नुका साथै गाढा रङहरुले पनि नकारात्मक असर गर्ने डा. झा बताउँछन् ।

रसायनयुक्त रङहरुले छालासँगै आँखा, नाक, कानलगायतका अंगहरुमा पनि असर गर्छ । त्यसैले होलीमा यस्ता रङहरुको सकेसम्म प्रयोग नगर्न उनको सुझाव छ ।

भिडियो हेर्नुहोस्