कर्मचारीतन्त्रको कार्यशैलीबाट वाक्क भएँ : प्रधानमन्त्री « Image Khabar


कर्मचारीतन्त्रको कार्यशैलीबाट वाक्क भएँ : प्रधानमन्त्री


Imagekhabar
८ पुष २०७३, शुक्रबार २०:१६

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को ३८औं साधारणसभालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘मुलुक परिवर्तनका लागि आफूले विभिन्न योजना अघि सारे पनि कर्मचारीतन्त्रको कार्यशैलीबाट आफू वाक्क भएको’ बताए ।

उनले हालै चिनियाँ उच्च अधिकारीहरुसँगको भेटघाटमा केही वर्षभित्रै चीनको केरुङबाट काठमाडौंसम्म रेलसेवा विस्तार गर्ने विषयमा सकारात्मक कुराकानी भएको दाबी गरे ।

यस्तै, देशका हरेक प्रदेशमा पर्यटकीय सहर बनाउने र अहिलेसम्म आरोहण नगरिएका हिमाल आरोहणका लागि रोलल्टी मिनाह गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले पर्यटन क्षेत्रको विकासका लागि राजनीति बाधक भएको भन्दै यसतर्फ विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्