२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर बजारमा पुनः पहिरो


0
Shares

गत साताको अन्तिम दिन विहीबार सामान्य सकारात्मक रहेको बजारमा यो साताको पहिलो दिनको कारोबारमा पुनः पहिरो गएको हो ।

कारोबार सुरु भएदेखि वियरिस ट्रेन्डमा रहेको बजार परिसूचक नेप्से ४२ अंकले ओरालो लागेर १४ सय ३२ मा आएर थामियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा उच्च गिरावट आएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च ३ सय ११ अंकको गिरावट आयो । जलविद्युत् समूहमा ४४ अंक, वाणिज्य बैंक समूहमा ४० अंक अनि होटल समूहमा पनि ३७ अंकको कमी आयो । विकास बैंक समूह ३३ अंकले, वित्त समूह १९ अंक र अन्य समूह पनि १८ अंकले झर्‍यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको साढे १५ लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।