ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारीविहिन, तस्करी व्यापक बढ्यो « Image Khabar


ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारीविहिन, तस्करी व्यापक बढ्यो


Imagekhabar
१२ पुष २०७३, मंगलवार ०८:४६

-रविन भट्टराई, ईमेज

चीनको तिब्बतमा चिराईतोसहितका जडिबुटिको बढी निकासी हुने ओलाङ्चुङगोला नाकास्थित भन्सार कार्यालयमा एक जना कर्मचारी पनि नहुँदा तस्करी बढेको हो ।

भन्सार राजश्व उठाउन दिनरात कर्मचारी हुनुपर्ने कार्यालयमा ताला झुन्डिएको छ । ओलाङ्चुङगोलाकै स्थानीय एक कार्यालय सहयोगीले कहिलेकाहीं मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा यो मार्ग हुँदै गैरकानुनी व्यापार व्यवसाय बढेको स्थानीयले बताएका छन् ।

द्वन्द्वका बेला बन्द भएको कार्यालय तीन वर्षअघि खुले पनि कर्मचारीको अभावमा राजश्व उठाउन सकिएको छैन ।

सो कार्यालयमा बस्ने सिमा कार्यालय प्रमुख डिल्लीरमण पौडेल भने जिल्ला प्रशासन कार्यालयमा हाजिर गरी तलब खाँदै आएका छन् ।

आठ जनाको दरबन्दी रहेको कार्यालयमा कर्मचारी नहुनु र कार्यालय सहयोगीका भरमा सञ्चालन गरिँदा राजस्व उठ्न नसकेको स्थानीय डण्डु शेर्पा बताउँछन् ।

रक्तचन्दन तस्करले ओलाङ्चुङगोला नाकालाई प्रयोग गर्दै आएको स्थानीयको दाबी छ । अहिले चिराइतो पनि यही नाका हुँदै अवैधरुपमा तिब्बत निकासा हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्