
-ध्रुव भट्टराई, ईमेज
तर राष्ट्रिय गौरवको रुपमा अघि सारिएको संखुवासभाको किमाथांकासम्म पुग्ने सडक सञ्जाल निर्माण कार्य कछुवाको गतिमा हुँदै आएको छ ।
२०६० सालदेखि सुरु भएको चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग किमाथाङकाको सडक निर्माणको काम अलपत्र बनेको छ ।
३ सय ७६ किलोमिटर दुरीको यो सडकखण्डमा पर्याप्त बजेट र जनशक्ति अभाव हुँदा निर्माण कार्यले गति लिन नसकेको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष अनन्त गौली बताउँछन् ।
संखुवासभाको किमाथांङ्का र ताप्लेजुङको ओलाङचुङगोला जोड्ने नाका पूर्वी नेपालका दुई महत्वपूर्ण चिनियाँ नाका मानिन्छन् ।
खाँदबारीबाट दयाङकुटी, नुम, हेटाङना, बरुण, हटिया र चेपुवा हुँदै किमाथाङ्कासम्म दुई वर्षभित्र बाटो पुर्याउने सरकारी लक्ष छ ।
तर, भौगोलिक विकटता र काम गर्ने जनशक्तिको कमीले गर्दा दुई वर्षभित्र कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गर्न नसकिने उतर–दक्षिण कोशी सडक योजना वसन्तपुर किमाथांका खण्ड कार्यालयका सवइन्जिनियर, अशोक शर्मा बताउँछन् ।
खाँदबारीबाट किमाथांकासम्मको १ सय ६२ किलोमिटर सडक सञ्जाल विकासका लागि गत वर्षको बजेटमा सरकारले ९ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
तर, नुमदेखि किमाथाङकासम्मको ८६ किलोमिटर सडकका लागि ट्रयाक खोल्ने काम भने सम्पन्न हुन सकेको छैन ।
सरकारी स्तरबाट निर्माण कार्य ढिलाइ भए पनि किमाथांङका सडक निर्माण सुरु भएसँगै जिल्लाकै मुहार फेरिनेमा संखुवासभाका स्थानीय उत्साहित देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्