७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोज्यो: सभापति देउवा


0
Shares

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

रामेछापको मन्थलीमा शनिबार बिहान गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर सरकार निरंकुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । सरकारले गरेको निर्णयको कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

कांग्रेस सभापति देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप पनि लगाए ।

उनले चीनबाट रेल ल्याउने प्रधानमन्त्री ओलीको भनाइ सपना मात्र भएको टिप्पणी गरे ।

सभापति देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्‍याएको घटनाप्रति पनि आपत्ति जनाए ।