१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पोखरामा सडक खाना महोत्सव सुरु


0
Shares

‘सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ बुधबारदेखि पोखरामा १८औं संस्करणको सडक महोत्सब सुरु भएको छ ।

महोत्सवको सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले एक समारोहकाबीच बुधबार उद्घाटन गरे ।

पाँचदिनसम्म चल्ने महोत्सव अवधिभर लेकसाइड क्षेत्रको तीन किलोमिटर क्षेत्रलाई दुलैझैं सिँगारेर सवारी आवागमन बन्द गरी १ सय २० भन्दा बढी रेस्टुरेन्ट तथा बारहरु सडकमै उतारिएका छन् ।

महोत्सवमा जनजातिहरुको सांस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, संस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, मनोरन्जनात्मक खेलकुदलगायत छिमेकी राष्ट्रका संस्कृति पनि देख्न पाइनेछ ।

यो वर्ष भारत, चीन र रुसको संस्कृति समावेश गराएको रेवान पोखराका अध्यक्ष चौउबहादुर गुरुङले बताए ।

महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको आयोजकको दाबी छ ।

नयाँवर्ष मनाउनकै लागि अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामै रमाउने वातावरण महोत्सवले मिलाएको संयोजक गोपीबहादुर भट्टराईले बताए ।