१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


फुटवेयर विजनेस एक्स्पो भृकुटीमन्डपमा सुरु


0
Shares

नेपाली जुत्ताघरको आयोजनामा भएको एक्स्पोको विहीबार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री गगन थापाले शुभारम्भ गरे ।

एक्स्पोमा शिखर सुज, बीएफ डिएरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्यान्ड, सफ्ट टच, फुटल्यान्ड, ईजी सुजलगायतका नेपाली ब्रान्डका जुत्ताहरु उपलब्ध छन् ।

अफिसियल जुत्ता, क्याजुअल, स्पोर्टस्, बुटहरु, स्कुल तथा कलेजका युनिर्फम जुत्ताका साथै लेडिज तथा जेन्ट्स स्यान्डलहरु पनि एक्स्पोमा रहेको आयोजकले जनाएको छ ।

नेपाली जुत्ता–चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाइ आगामी दिनमा तयारी जुत्ता–चप्पलहरुको आयातलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको आयोजकको भनाइ छ ।

एक्स्पोको दुई लाख बढीले अवलोकन गर्ने र ५० हजार जोरभन्दा बढी जुत्ता–चप्पलहरु बिक्री हुने आयोजकको अपेक्षा छ ।

तस्वीरमा
१.फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपाल (एफएमएएन)का अध्यक्ष रविन श्रेष्ठ ।
२.नेपाली जुत्ताघरका अध्यक्ष रामकृष्ण प्रसाइँ ।
३. इमेज च्यानलका सीएमओ रञ्जनचन्द्र अधिकारी ।