१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेप्सेमा सूचीकृत कम्पनीको नियमन बोर्डले नै गर्ने


0
Shares

रियल सेक्टर क्षेत्रलाई पुँजीबजारमा कसरी आकर्षित गर्ने भन्ने विषयमा विहीबार बोर्डले राजधानीमा गरेको कार्यक्रममा यस्तो बताइएको हो ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजीबजारमा रियल स्टेट सेक्टरलाई पनि भित्र्याउन पहल भइरहेको भन्दै जलविद्युत् कम्पनी, रियल सेक्टरको नियमन पनि बोर्डले नै गर्ने बताए ।

बैंक तथा वित्तीय संस्थाबाहेकलाई बोर्डले नियमन गर्दा लगानीकर्ताको विश्वास बढ्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

जनशक्तिको अभावमा नेप्सेमा सूचीकृत सबै कम्पनीको नियमन बोर्डले गर्न नसकेको भन्दै उनले सूचीकृत कम्पनीको नियमनलाई प्रभावकारी बनाइने बताए ।

कार्यक्रमका सहभागीले निजी कम्पनीभन्दा पब्लिक कम्पनीप्रति सर्वसाधारणको बढी विश्वास हुने हुनाले रियल सेक्टरका निजी कम्पनीहरुलाई पब्लिक कम्पनीकारुपमा नेप्सेमा सूचीकृत गराउनुपर्ने बताए ।

कडा नियमनको डरले निजी कम्पनीहरु पब्लिक कम्पनीमा जान डराइरहेको पनि सहभागीको भनाइ थियो ।