२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


न्यूरोडमा यस्तो बन्नेछ एकैपटकमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ


0
Shares

व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस्तो पार्किङस्थल बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी गराए ।

अध्ययनको जिम्मा युनिभर्सल होल्डिङ नेपालले पाएको छ । अध्ययन पूरा गरेपछि कापमाले निर्माणको काम सुरु गर्नेछ ।

पार्किङ निर्माण गरेसँगै सडकमा हुने ट्राफिकचाप व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

पाँचतला रहने सो पार्किङस्थल बनाउन करिब रु एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त भवनमा दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ ।

सार्वजनिक–निजी साझेदारीका ढाँचामा नयाँसडक, पिपलबोटनजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङस्थल बनाइने छ ।

मुख्यद्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिइ पार्किङस्थल हेरी लिफ्टमा पठाउनुपर्छ ।

त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तलमाथि गर्न सकिन्छ । रासस