
यसदिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य विहीबार पनि तोलामा ३ सय रुपैयाँले बढेको थियो ।
एकै सातामा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । सुनको मूल्य आइतबार तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलाको ७ सय ६५ रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्