एमालेलाई ‘मधेसविरोधी भनेर हल्ला पिट्ने’लाई नेपालले दिए चुनौती « Image Khabar


एमालेलाई ‘मधेसविरोधी भनेर हल्ला पिट्ने’लाई नेपालले दिए चुनौती


Imagekhabar
१७ पुष २०७३, आईतवार १६:१७

                                                                              फाइल फोटो
महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै पूर्वप्रधानमन्त्री नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने औंल्याए ।

आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै उनले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त गरे ।

‘एमालेलाई मधेसविरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेसी जनता समुचित निर्णय दिन सक्षम छन्’–उनले भने । रासस

 

प्रतिक्रिया दिनुहोस्