२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्सेमा एकैदिन दोहोरो अंकको बृद्धि


0
Shares

यसदिन नेप्से २२ अंकले बढेर १४ सय ६५ बिन्दूमा पुग्यो । ३३ अंकले बढिसकेको नेप्से मध्याह्नपछि केही सच्चिँदै २२ अंकले बढेको हो ।

यसदिन उत्पादनमूलक र बित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । होटल समूह सबैभन्दा उच्च ३५ अंकले बढ्यो ।

यस्तै, वाणिज्य बैंक समूह २९ अंकले, बीमा समूह २७ अंकले, विकास बैंक समूह २३ अंकले र अन्य समूहमा पनि साढे ७ अंकको बृद्धि आयो ।

यसदिन १ सय ३४ कम्पनीको १० लाख बराबर कित्ता सेयर ५७ करोड ३३ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।