संसदमा पेलेर जान खोजे प्रतिकार हुन्छ : खनाल « Image Khabar


संसदमा पेलेर जान खोजे प्रतिकार हुन्छ : खनाल


Imagekhabar
१८ पुष २०७३, सोमबार १४:३२

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौंमा गर्ने जनप्रदर्शनका सन्दर्भमा सोमबार एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रलाई विखन्डन गराउने गरी कुनैपनि संशोधन हुन नसक्ने बताए ।

उनले भने–‘५ नम्बर प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसदमा छलफल र पारित गर्न दिने छैनौं । आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुनसक्छ ।’

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजकारुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उनले उल्लेख गरे ।

जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संविधानको प्रतिकूल हुने गरी संविधान संशोधन आएकाले सन्चारमाध्यमले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्