Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एसियाली युथ एथ्लेटिक्समा नेपालका अजितले जिते स्वर्ण


0
Shares

काठमाडौं, चैत ३ । हङकङमा भएको तेस्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्णपदक जितेका छन् ।

एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउनेक्रममा अजितले तीन किलोमिटर दौडमा भारत र यमनका खेलाडीलाई पछाडि पारेका थिए ।

अजितले निर्धारित् दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

दोस्रो भएका भारतका अमित जंगीरले ८ मिनेट ३६.३४ सेकेन्डको समय निकाल्दा तेस्रो भएका यमनका गामिल अल हमातीले ८ मिनेट ३८.६० सेकेन्डको समय निकालेका थिए ।