लेखा समितिले रिक्त सभापति पदका लागि सभामुखसँग छलफल गर्ने

बैठकले सभापतिको चयन नभएसम्म उजुरी परेका विषयवस्तुमाथि निर्णय या छलफल गर्न जेष्ठ नागरिकका हैसियतले सर्वेन्द्रनाथ शुक्लको सभापतित्वमा बैठक बस्ने निर्णय पनि गरेको छ ।
सांसदहरुले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि राजनीतिक भागबण्डाका कारण पदपूर्ति हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउने बताए ।
उनीहरुले यस्तो हर्कतले संसदीय व्यवस्थाकै खिल्ली उडाइएको र समितिलाई अनिर्णयको बन्दी बनाउने खेल भएको भन्दै आपत्ति जनाए ।