नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक साढे चार घन्टा बन्द « Image Khabar


नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक साढे चार घन्टा बन्द


Imagekhabar
१९ पुष २०७३, मंगलवार १४:२६

यसअघि, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो रोकेर काम भइरहेको यो सडकखन्डमा अब साढे १० बजेदेखि नै बाटो रोकेर सडक विस्तारको काम गरिने भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टको नेतृत्वमा गएको टोलीले उक्त सडकखन्डको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सडकका खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन पनि भट्टले निर्देशन दिए ।

पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तारको काम हुँदै आएकोमा अबदेखि १०ः३० बजेदेखि नै काम गर्न लागिएको हो ।

अत्यावश्यक बिरामी बोकेको एम्बुलेन्सबाहेक अरु सबै सवारी–साधनलाई उक्त समयमा रोकिने जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्