२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर बजारमा मंगलबार पुनः उच्च गिरावट


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से २६ अंकले झरेर १४ सय ५६ मा आइपुग्यो । कारोबार पनि खुम्चियो । कारोबार भएका सबै समूह ओरालो लागे ।

बीमा समूह सबैभन्दा उच्च २ सय १६ अंकले झर्‍यो । वाणिज्य बैंक समूहमा २६ अंकको कमी आयो । होटल समूह २५ अंक र विकास बैंक समूह पनि २४ अंकले ओर्लिए । जलविद्यत् समूहमा पनि दोहोरो अंकको कमी आयो । वित्त र अन्य समूह भने नगन्य अंकलेमात्र ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको ६ लाख ७१ हजार कित्ता सेयर जम्मा ४० करोड रुपैयाँ बराबरीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।