२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


मालपोत कार्यालयमा मन्त्री अर्यालः चाँडै डिजिटल प्रविधिमा लानेछौं


0
Shares

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयको काम चाडै नै डिजिटल प्रविधिमा लगिने बताएकी छन् ।

काठमाडौंको कंलकी मालपोत कार्यालयको आज निरीक्षण गर्दै उनले कागजी कामले झन्झटिलो भएकाले व्यवस्थित गर्न चाडै डिजिटल प्रविधिमा लगिने बताएकी हुन् ।

मन्त्री अर्यालले मालपोतमा ढिलासुस्ती भएको गुनासो बढेकाले विशेष योजनासहित काम गर्ने उल्लेख गरिन ।

उनले पारदर्शी रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदैं भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइने बताइन ।

मन्त्री अर्यालले चैत्रभित्र कंलकी, डिल्लीबजार र चावहिल मालपोतबाट डिजिटल प्रविधिमा काम गरिने जानकारी दिइन ।