२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सडक विस्तारपीडितले गरेको उपत्यका बन्दको प्रभाव सामान्य


0
Shares

राजधानीका सडकमा निजी सवारी साधन गुडे पनि सार्वजनिक सवारी साधन भने कम मात्र चलेका छन् ।

सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारण नागरिकको दैनिकी प्रभावित बनेको छ । बन्दका कारण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

शैक्षिक संस्था खुल्न नदिँदा लाखौं बालबालिका पढ्नबाट बन्चित गरिएका छन् । सुरक्षाका लागि सडकमा बिहानैदेखि प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति दिइनुपर्ने भन्दै उपत्यका बन्द आह्वान गरेका हुन् ।