जीपको ठक्करबाट एक प्रहरीको मृत्यु, अर्का घाइते « Image Khabar


जीपको ठक्करबाट एक प्रहरीको मृत्यु, अर्का घाइते


Imagekhabar
२० पुष २०७३, बुधबार १०:२५

गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौं जाँदै गरेको ना ३ च ८३१ नम्बरको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्