२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


विद्युत सर्ट भएर बस जल्यो, बसमै रहेको मोटरसाइकल ध्वस्त


0
Shares

काठमाडौं । गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा बससहित एक मोटरसाइकल पनि जलेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको थियो ।

सो क्रममा बसको छतमा राखिएको बा ९८ प ४२३२ नम्बरको मोटरसाइकल पनि जलेर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा४ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको थियो ।

सो क्रममा प्रवेश कठायतको मोटरसाइकल बसबाट निकाल्न नसक्दा जलेर क्षतिग्रस्त बनेको हो ।  आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।