खुकुरी हानी हत्या गरिएका वनरक्षकलाई सहिद घोषणा गर्न सिफारिस « Image Khabar


खुकुरी हानी हत्या गरिएका वनरक्षकलाई सहिद घोषणा गर्न सिफारिस


Imagekhabar
२० पुष २०७३, बुधबार १६:५५

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय बैठकले शाहीलाई सहिद घोषणा गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको हो ।

यस्तै, बैठकले मृतक शाहीकी श्रीमती पवित्रालाई सरकारी जागिरका लागि जिल्ला वन कार्यालय ताप्लेजुङले पहल गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र दोषीलालई हदैसम्मको कारबाहीका लागि पनि गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।

जाजरकोट घर भइ ताप्लेजुङको खोक्लिङ इलाका वन कार्यालयमा कार्यरत् शाहीमाथि गत आइतबार सामुदायिक र निजी वनको झगडा मिलाउनेक्रममा स्थानीय सविन भन्ने टेकप्रसाद लिम्बूले खुकुरी प्रहार गरेका थिए ।

लिम्बूलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्