२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


युवा जागरण अभियानमा महाविर, माल्भिका र बासु धरानमा


0
Shares

काठमाडौं ।  पर्यटन, स्वास्थ्य, शिक्षा तथा वातावरणजस्ता क्षेत्रका बारेमा सामाजिक अभियन्ता महावीर पुन, पूर्व मिस नेपाल माल्भिका सुब्बा, मनोविश्लेषक बासु आचार्य लगायतले धरानका युवाहरूलाई प्रशिक्षण दिएका छन् ।

पर्यटन क्षेत्रप्रति काम गर्ने उत्प्रेरणा जगाउने उद्देश्यले मोटीभेसन एण्ड साइक्लोजीकल क्याम्पिनिङ फर टुरीजम’ नामक आयोजना गरिएको आयोजक समितिका सत्यम राईले जानकारी गराए ।

धरानका विभिन्न क्षेत्रमा रहेको समस्यालाई पहिचान गर्दै त्यसलाई सामाधान गर्न र पर्यटन क्षेत्रमा युवाहरुको सहभागिता बढाउन कार्यक्रम आयोजना गरिएको हो ।

नमस्ते नेपाल नामक संस्थाको आयोजनामा यसअघि विराटनगरमा सोही कार्यक्रमको आयोजना गरिएको थियो ।

धरानको कार्यक्रममा करिब तीनसय युवा सहभागी थिए । युवाहरुमा सकरात्मक सोच विकास गराउने र पर्यटन क्षेत्रमा काम गर्न अभिप्रेरित गराउन कार्यक्रम गरिएको हो ।