नेपालको निर्यात घट्दो ट्रेन्डमा « Image Khabar


नेपालको निर्यात घट्दो ट्रेन्डमा


Imagekhabar
२० पुष २०७३, बुधबार २०:०७

परिषद्को आयोजनामा शुक्रबार मनाउन लागिएको पहिलो निर्यात दिवस २०७३ बारे जानकारी दिन बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा तीन वर्षअघिको निर्यातको तुलनामा पछिल्ला वर्षमा निर्यात खुम्चिँदै गएको जनाइएको हो ।

परिषद्ले तीन वर्षअघि ९१ अर्ब बराबरको निर्यात रहेकोमा हाल ७३ अर्बमा खुम्चिएको जनाएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले अघिल्लो वर्ष ८६ अर्ब निर्यात भएकोमा गत वर्ष ७३ अर्बमा झरेको बताए ।

निर्यातको तुलनामा आयात भने ८२ प्रतिशत बढी भएको परिषद्ले जनाएको छ ।

देशको राजनीतिक अवस्था, विनाशकारी भूकम्प, नाकाबन्दीलगायतका कारण नेपाली निर्यातजन्य वस्तुहरुको निकासीमा ह्रास आएको परिषद्ले जनाएको छ ।

सरकारले निर्यात प्रबद्र्धन गर्न मौखिकबाहेक व्यवहारिकरुपमा कुनै ठोस कार्य नगरेको परिषद्ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्