
तर फ्रान्सका रोबर्ट मार्चन्ड अरुभन्दा फरकमात्र होइन, १०५ वर्षको उमेरमा कीर्तिमान बनाएर विश्वमा चर्चित भएका छन् ।
उनले १०५ वर्षको उमेरमा सबैभन्दा लामो दुरी साइकल चलाएर आफ्नो नाममा कीर्तिमान लेखाएका छन् । १०५ वर्षभन्दा माथिको वर्गमा उनले साइकल प्रतिश्पर्धा गर्दै एक घण्टामा २२.५४७ किलोमिटर साइकल चलाएर सो कीर्तिमान बनाएका हुन् ।
यसअघि सन् २०१२ मा पनि उनले यस्तै कीर्तिमान बनाएका थिए । त्यतिबेला उनले १०० वर्ष उमेर समूहमा एक घण्टामा २६.९२७ किलोमिटरसम्म साइकल चलाएर कीर्तिमान कायम गरेका थिए ।
१०५ वर्षको उमेरमा कीर्तिमान बनाएपछि प्रतिक्रिया दिदैं उनले भने, ‘म यहाँ च्याम्पियन बन्नका लागि आएको थिइनँ, १०५ वर्षको उमेरमा पनि साइकल चलाउन सकिन्छ भन्ने देखाउनमात्र म यहाँ आएको थिएँ ।’
२६ नोभेम्बर १९११ मा जन्मिएका उनले खानपान र कसरतका माध्यमबाट आफ्नो शारीरिक तन्दुरुस्ती कायम राखेको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्