
विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री कोइरालाले राजनीतिक गतिरोध अन्त्यका लागि दलहरु स्थानीय निर्वाचनका लागि तयार हुनुपर्ने बताए ।
तहगत निर्वाचनमा जान अहिलेको अवस्थामा समय नरहेको भन्दै उनले तत्काल स्थानीय निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिए ।
महामन्त्री कोइरालाले स्थानीय निकायको निर्वाचन गरेपछि दलहरुबीच छलफल गरेर संविधान संशोधन प्रकृया टुंग्याउन सकिने जिकीर गरे ।
प्रतिक्रिया दिनुहोस्