Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


डेमोक्रेट पार्टीका नेताहरुलाई ओबामाको आग्रह


0
Shares

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयर बिल खारेज गर्नु आफ्नो पहिलो काम हुने बताएका बेला ओबामाले यस कानूनलाई कसरी रक्षा गर्न सकिन्छ भनेर आफ्ना सहकर्मीहरुसँग लामो छलफल गरेका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्सले पनि स्वास्थ्य बिमासम्बन्धि यो कानुन खारेज गर्ने बताइसकेकाले पनि ट्रम्प प्रशासनको पहिलो निशानामा यो बिल पर्ने निश्चित छ ।

यो कानुनले थप दुई करोड अमेरिकीलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ । ओबामाले यो कानुन जोगाउन दुबै सदनमा बलियो ढंगले प्रस्तुत हुन पनि सांसदहरुलाई आग्रह गरे । (एजेन्सी)

Skip This