२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारप्रति स्थानीयको आकर्षण (भिडियो रिपोर्ट)


0
Shares

गाउँघरमा उत्पादित सामान बिक्री–वितरण गर्न तथा दैनिक उपभोग्यसहित अन्य सामाग्री खरिद गर्न हाटबजारमै सजिलो हुने भएपछि स्थानीय आकर्षित भएका हुन् ।

साप्ताहिकरुपमा लाग्ने यस्ता हाटबजारले स्थानीयको जीवनयापनलाई सहजसमेत बनाएको छ ।

गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा स्थानीयको आकर्षण बढेको हो ।

दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ ।

गाउँमै हाटबजार लाग्न थालेपछि टाढाका बजारमा जानुपर्ने बाध्यता अन्त्य भएको छिन्ताङका स्थानीय भीमबहादुर राई बताउँछन् ।

धनकुटा सदरमुकाम, हिले, छिन्ताङ, सिदुवा, आँखिसल्लालगायतका जिल्लाका दुई दर्जनभन्दा बढी स्थानमा साप्ताहिक हाट लाग्ने गरेको छ ।

गाउँमै उत्पादित थारै–थारै कृषिजन्य उत्पादन बिक्रीका लागि पनि यस्ता साप्ताहिक हाट महत्वपूर्ण सावित हुँदै गएका छन् ।

कृषिजन्य उत्पादन बिक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको स्थानीय हेमकुमार राईले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।