२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हत्या गरिएका वनरक्षक शाहीको अन्त्येष्टि, परिवारका लागि देशभरबाट ४० लाख संकलन


0
Shares

अन्त्येष्टिअघि शाहीको शव अन्तिम श्रद्धाञ्जलिका लागि जिल्ला वन कार्यालयमा राखिएको थियो ।

शाहीको शवमा पूर्व क्षेत्रीय वन कार्यालयका प्रमुख राजेन्द्र काफ्ले र प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले श्रद्धान्जलि अर्पण गरेका थिए ।

सो अवसरमा शाहीको परिवारका लागि देशभरका वन कर्मचारीको एकदिनको तलब बराबरको रकम करिब ४० लाख रुपैयाँ संकलन भएको जानकारी दिइएको थियो ।

इलाका वन कार्यालय खोक्लिङमा कार्यरत् जाजरकोट, दसेरा–८ का शाहीको आइतबार बिहान स्थानीय सविन लिम्बू भनिने टेकप्रसाद लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

सरकारले विहीबारै शाहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले शाहीलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।