२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मोटर र्‍यालीमा उत्कृष्ट ड्राइभिङ गर्नेहरु पुरस्कृत


0
Shares

काठमाडौंबाट शुरु भएको मोटर र्‍याली मकवानपुरको हेटौंडा हुँदै सौराहा पुगेको थियो । र्‍यालीमा सहभागीहरु मध्येबाट उचित समय तालिका, सडक सुरक्षा जस्ता विषयलाई ध्यान दिएर सही गतिमा गाडी गुडाउनेहरुलाई पुरस्कृत गरिएको हो ।

१० औं लायन सचेत नागरिक मोटर र्‍यालीमा सडक नियमहरु पालना गर्दै जिम्मेवारीपूर्वक निर्धारित समयमा गन्तब्यमा पुगेको आधारमा लायनहरु प्रकाश पिया र सरोजनी पियाको जोडी विजेता बनेको थियो भने श्यामकृष्ण दाहाल र महेशप्रसाद पोख्रेलको जोडी फस्ट रनरअप तथा रञ्जनचन्द्र अधिकारी र उज्वल गौतमको जोडी सेकेण्ड रनरअप बनेको थियो ।

विजेताहरुलाई सौराहामा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । लायन्स क्लवले वर्षेनी सडक सुरक्षाका लागि जनचेतना जगाउने उद्देश्यले कार र्‍याली गर्दै आएको छ ।