राजनीतिक निकासमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक दललाई सुहाउँदैन : डा भट्टराई « Image Khabar


राजनीतिक निकासमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक दललाई सुहाउँदैन : डा भट्टराई


Imagekhabar
२४ पुष २०७३, आईतवार ११:५६

सप्तरीमा बुद्धिजिवी र राजनीतिक दलका प्रतिनिधिहरुसँगको भेटमा उनले संसद अवरुद्ध गर्नेतिर नलागि सहमतिका साथ अघि बढ्न एमालेलाई सल्लाह दिए ।

उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशितालगायतका विषय सुरक्षित गर्न पनि वर्तमान संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले पहिले प्राप्त उपलब्धिको संरक्षण र नमिलेका कुरा क्रमशः संशोधन गरी अघि बढ्न सबै दललाई आग्रह गरे ।

संघीयताको नमिलेको विषयलाई संविधान संशोधनमार्फत् मिलाउन सकिने भन्दै उनले संसदको अवरोध हटाउन एमालेका नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्