संसदमा विपक्षी दलका सांसदले हो–हल्ला गरिरहे, संविधान संशोधन विधेयक टेबल « Image Khabar


संसदमा विपक्षी दलका सांसदले हो–हल्ला गरिरहे, संविधान संशोधन विधेयक टेबल


Imagekhabar
२४ पुष २०७३, आईतवार १६:२६

                                                               फाइल तस्वीर

संविधान संशोधन विधेयकको कार्यसूचीमा संसद बैठक प्रवेश गर्नासाथ एमालेसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची अघि बढाएपछि विपक्षी सांसदहरुले नाराबाजीसमेत गरेका थिए ।

बैठकमा कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका हुन् ।

त्यस्तै अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । उक्त प्रस्तावमाथिको छलफल सकिएकाले महाअभियोग सिफारिस समितिमा पठाइएको हो ।

स्थानीय निकायको निर्वाचन विधेयक पनि संसदमा टेबल भएको छ ।

संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्