२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


प्रधानमन्त्री ओलीद्वारा न्यूजिल्याण्डमा भएको आक्रमणको निन्दा


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रधानमन्त्री ओलीले समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको निन्दा गरेका हुन् ।

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा हतियारधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने उल्लेख छ ।

उनले क्रुर र अमानवीय काम कुनै पनि प्रकारले उचित नहुने भन्दै आतंकवादलाई पुरै परास्त गर्न जरुरी रहेको बताएका छन् ।