
आधा काम गरिसक्नुपर्ने बेलासम्म जिविस धनकुटाबाट सञ्चालन हुने योजनामध्ये कुरुले तेनुपा गाविसका ३ वटा ग्रामिण सडक, मारेक कटहरे गाविसको सिंचाई योजना र एउटा खानेपानी योजनाको मात्रै सम्झौता सकिएको छ ।
आर्थिक केन्द्र, झोलुङ्गे पुल, खानेपानी, सिंचाई, सडक पूर्वाधार तथा जिविसको छनोट र प्राथमिकतामा परेका अन्य २ सय २० वटा योजनाको अझै सम्झौता नै हुन सकेको छैन ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विशेष र पूँजीगत तथा आन्तरिक स्रोतबाट सञ्चालन हुने योजना र कार्यक्रमले गति लिन नसकेको हो ।
मन्त्रालयबाट ढिलो गरी अख्तियारी आएका कारण कामको प्रगति सन्तोषजनक हुन नसकेको जिल्ला विकास समिति धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्