हिन्दूराज्यका लागि धर्मयुद्ध गर्ने चेतावनी « Image Khabar


हिन्दूराज्यका लागि धर्मयुद्ध गर्ने चेतावनी


Imagekhabar
२५ पुष २०७३, सोमबार १४:२६

राष्ट्रिय शिवसेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिवसेना पार्टीलगायतले सोमबार पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौंदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिए ।

उनले भने–‘सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौं ।’

हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक धर्मयुद्ध गर्न लागेको बताए ।

उनले धर्मयुद्धमा युद्ध गर्न वा लड्नभन्दा पनि विभिन्न सभा–सम्मेलन गरेर धर्मकाबारेमा आमनागरिकलाई जानकारी दिने उल्लेख गरे । रासस

 

प्रतिक्रिया दिनुहोस्