२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


एक बृद्धाश्रमको एक अर्ब बढीको सम्पत्ति, २६ वटा भवन मात्र


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा एक अर्बभन्दा बढीको चलअचल सम्पत्ति जम्मा भएको छ ।

दाताकै सहयोगमा वृद्धाश्रममा ठूलो सम्पत्ति जम्मा भएको हो । हाल विश्रान्तीमा २६ वटा भवन छन् । सोवाहेक पितृ स्तम्भ निर्माणको काम भइरहेको छ ।

आश्रित ज्यष्ेष्ठ नागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि अत्यावश्यक हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा वृद्धमैत्री पटाङ्गिनीलगायतका संरचना रहेका छन् ।