अबको केही दिनभित्रै गतिरोधको अन्त्य : ओली « Image Khabar


अबको केही दिनभित्रै गतिरोधको अन्त्य : ओली


Imagekhabar
२५ पुष २०७३, सोमबार १४:५८

सोमबार विराटनगरमा सन्चारकमीहरुसँग कुरा गर्दै उनले मुलुकमा जारी राजनीतिक गतिरोधको अन्त्य केही दिनभित्रै हुने दाबी गरे ।

राजनीतिक गतिरोधको समाधान पनि संसदीय प्रक्रियाबाटै खोजिने उनको भनाइ छ ।

दलीय स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थमा सबै केन्द्रित भएमा गतिरोधले निकास पाउन केही गाह्रो नहुने उनले उल्लेख गरे ।

अब मुलुक स्थानीय तहको निर्वाचनमा अघि बढ्ने विश्वास पनि ओलीले व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्